नेप्सेमा १२ अंकको वृद्धि, कारोबारमा रकममा गिरावट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने २.२८ अंकले बढेर ३८८.६२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उप समुहमध्ये सबै उपसमुहको सेयर बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कम्पनीको सेयरमूल्य १२ करोड १७ लाख ८ सय २० रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ अंकले बढेको छ ।

त्यस्तै आज बिपीडब्ल्यू लघुवित्त तथा वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कुल २८२ कम्पनीको ६४ लाख ५० हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १ सय २८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।