अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, वित्तीय सूचाङ्कहरू उत्साहप्रद


काठमाडौँ । अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लघुवित्तको तेस्रो वार्षिक साधारण सभा बिहीबार पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

सधारण सभामा संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले संस्थाको वर्तमान अवस्था र विद्यमान समस्या बारे जानकारी गराएका थिए ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाइलाई सञ्चालकमा मनोनित गरेको निर्णय सभाले अनुमोदन गरेको छ । सभामा पछिल्लो समय लघुवित्त माथि थपिएको चुनौतीका विषयमा छलफल चलेको थियो ।
आ.व. २०७८/०७९ मा संस्थाको सबै वित्तीय सूचाङ्कहरू उत्साहप्रद रहेको कम्पनीले जनाएको छ ।

चालू आवमा नै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पूँजी २५ करोड रहेको छ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आ.व. २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको संस्थाले जनाएको छ ।