काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ५८ करोड १३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको खुद नाफा ५८ करोड १३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ आर्थिक वर्ष २०७८/७९ मा ४० करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफा ४२.५० प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले कम्पनीले १४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १४ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ रहेको छ भने हालसम्मको बीमा शुल्क ८२ अर्ब २६ करोड १ लाख रुपैयाँ रहेको छ ।
तीन बिमा कम्पनी गाभिएर बनेको हिमाल लाइफले गत आर्थिक वर्षमा ५ लाख ७८ हजार ९५३ वटा बीमालेख बिक्री गरेको छ भने कुल ५ अर्ब ४५ करोड २४ लाख रुपयाँ दावी भुक्तानी दिएको छ ।
१० हजार १२५ वटा दावीको भुक्तानी दिएको कम्पनीको ४ करोड ३० लाख रुपैयाँ भुक्तानी हुन बाँकी दावी रकम रहेको छ । प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स गाभिएर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । ।
यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्