अखिल नेपाल किसान महासंघ डडेल्धुराको अध्यक्षमा दिपेन्द्र थापा,सचिवमा शाह


काठमाडौँ । अखिल नेपाल किसान महासंघ डडेल्धुराको अध्यक्षमा दिपेन्द्र थापा चयन भएका छन् ।

जिल्लाको आज अमरगढीमा भएको पाँचौ अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गोपालसिंह कठायत,बसन्ती ऐर, सचिवमा रमेशबहादुर शाह उपसचिवमा संग्राम सार्की र कोषाध्यक्षमा लक्षी ऐडी चयन भएका छन् ।

सदस्यमा विषयगत संघ अन्तर्गत युवा किसान संघबाट सीताराम जोशी, सहकारी उत्पादन किसान संघबाट तुलाराम बोहोरा, पशुपालन किसान संघबाट बहादुर सार्की, पंछी पालक किसान संघबाट शिवराज उप्रेती चयन भएका छन् ।

भुगोल अन्तर्गत अमरगढी नगरपालिकाबाट खड्क पल्ले,नवदुर्गा गाउँपालिकाबाट पदम खाती,भागेश्वर गाउँपालिकाबाट मौरी विष्ट,आलीतालबाट पूर्ण ऐर र गन्यापधुराबाट बलबहादुर देउवा चयन भएका छन् । हलबाट ज्ञानबहादुर पाल चयन भएका छन् ।

एउटा उपमहासचिव र भुगोल अन्तर्गत बाँकी रहेका अजयमेरु गाउँपालिका र परशुराम नगरपालिकाबाट बाँकी रहेका सदस्यलाई पछि थप गरिने अध्यक्ष थापाले जानकारी दिए ।