काठमाडाैँ । नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शो मा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।
यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरू मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।
आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको मुल्य रु ८२९९००० र १८ सिटको भ्यानको मुल्य रु ८६९९००० कम्पनीले सार्वजनिक गरेको छ ।
यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरूको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन ।
प्रतिक्रिया दिनुहोस्