मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे बस्दै


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड भोलि शनिबार अमेरिका जाँदै छन्। त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन्।