एनएमबी बैंक र बुद्ध एयरबिच ‘एनएमबि बुद्ध भिजा डेविट कार्ड’ सेवाको सुरुवात


काठमाडौँ । एनएमबी बैंक र बुद्ध एयरबिच ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवाको सुरुवात भएको छ ।

काठमाडौंमा एक कार्यक्रम गरेर एनमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा सेवा शुभारम्भ गरेका हुन् ।

अब एनएमबि बैंक कार्ड होल्डरले बुद्ध एयरको विभिन्न सुविधाहरूमा छुट पाउने छन् । कारणवस कहिलेकाँही जहाज छुटेको बेला पनि टिकट क्यान्सिल निशुल्क रुपमा हुने बैंकले जनाएको छ ।

सिइओ केसीले नेपालको पर्यटन विकासमा बुद्ध एयरको महत्वपूर्ण योगदान रहेको र सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

सिइओ केसीले भने,“हामीले पहिलो पटक बैंकले बुद्ध सहकार्य गर्ने पायौँ । प्लेन छुट्यो भने टिकट फ्रि मा क्यान्सिल हुन्छ । अझ एनएमबीका कार्ड होल्डरले ५ केजी एक्ट्रा सामान बोक्न सक्छन् । यो महत्वपूर्ण सहकार्य भएको छ ।”

बुद्ध एयर अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले एनएमबि बैंकसँगको सहकार्य २६ वर्षअघिदेखि कुनै न कुनै रुपमा भएको बताए । उनले एनएमबि बैंकसँग आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए ।