नेपाली बजारमा हुन्डाई कोनाको‘१ हजार भन्दा बढी गाडी बिक्री’


काठमाडौँ । नेपाली बजारमा आफ्नो उपस्थिति जनाएपछि हुन्डाई कोनाका १ हजार भन्दा बढी गाडी बिक्री भएका छन् ।

सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोनाको एकहजार भन्दा बढी बिक्री भएको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

२०१९ मा भारतबाट सुरु गरिएको ‘इमिसन इम्पोसिबल’ नामक मिसन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा ७०० किलोमीटरको यात्रा १७००० फीटको उचाई र –१२ डिग्री को कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर सम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो ।

यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो । नेपालमा सन् २०१९ मा पहिलो पटक लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ ।

आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।

५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी भएको कम्पनीले उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रति को सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीयगाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि– सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ ।”