धितोपत्र बोर्डले गर्‍यो ८८ सूचिकृत कम्पनीलाई कारवाही, अधिकांश हाइड्रोपावर


काठमाडौ । नेपाल धितोपत्र बोर्डले इतिहासमै पहिलो पटक ८८ वटा सूचिकृत कम्पनीहरुलाई कारबाही गरेको छ ।

धितोपत्र बोर्डको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बोर्डको इतिहासमा यदि धेरै सुचिकृत कम्पनीमाथि बोर्डले कारवाही गरेको यो नै पहिलो पटक भएको बताए ।

वित्तीय विवरण नबुझाउने कम्पनीमाथि शुन्य शहनशीलताको नीति लिइएको हुनाले एक दिन ढिलो भए पनि कारवाहीको भागीदार हुनु पर्ने हमालको भनाई छ ।

बोर्डले ढिलो वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजारको दरले नगद जरिवाना लगाएको छ भने समयमा वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाखको दरले नगद जरिवाना गरेको लगाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ।