१४ जीवन बिमा कम्पनीले संकलन गरे ५० अर्ब रुपैयाँ बिमाशुल्क


कामाडौं । चालु आर्थिक वर्ष पहिलो चार महिनामा जीवन बिमा कम्पनीहरुले करिब ५० अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

बिमा प्राधिकरण सार्वजनिक गरेको कात्तिक महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले पहिलो ४ महिनामा नविकरण बिमा शुल्कबापत ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ संकलन गरेका हुन् ।

गत वर्षको कात्तिक महिनासम्ममा जीवन बिमा कम्पनीहरुले ३६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ नविकरणमार्फत बिमा शुल्क संकलन गरेका थिए। समिक्षा अवधीमा गत वर्षको तुलनामा यस वर्ष बिमा कम्पनीहरुको नविकरण बिमाशुल्क १०.६२ प्रतिशतले वृद्धि भएको हो ।

बिमाशुल्क संकलन गर्नेहरुको सूचीनमा नेपाल लाईफ ईन्स्योरेन्स अगाडी रहेको छ । नेपाल लाईफले यो अवधिमा १३ अर्ब ४३ करोड ७६ लाख ९४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, बिमाशुल्क संकलन गर्ने सूचीको दोस्रो नम्बरमा लाईफ ईन्स्योरेन्स करपोरेशन नेपाल तथा तेस्रो नम्बरमा हिमालयन लाईफ रहेको छ ।

यी कम्पनीहरुले क्रमशः ५ अर्ब ५६ करोड ५९ लाख र ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

प्रधिकरणका अनुसार नेशलन लाईफले ५ अर्ब २९ करोड ३५ लाख, राष्टिय बिमा कम्पनीले ४ अर्ब २३ करोड १ लाख र सूर्यज्योती लाईफले २ अर्ब ७६ करोड २१ लख रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेका छन् ।

रिलायबल इन्स्योरेन्सले १ अर्ब २१ करोड २६ लाख बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै सबैभन्दा कम बिमाशुल्क संकलन गर्ने कम्पनीमा सन नेपाल लाईफ रहेको छ । सन लाइफले यो अवधिमा एक अर्ब १२ करोड ८२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

Skip This