लाभांश पारित गर्ने एजेण्डा सहित निफ्राले बोलायो साधारण सभा


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने एजेण्डासहित आगामी पुस १७ गतेका लागि पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ९ बजे साधारण सभा बोलाएको जनाएको छ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्ने मूख्य प्रस्ताव रहेको छ भने संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोटको लागि निर्वाचनका तय गरेको छ ।

यसैगरी, सभाले चालू आर्थिक वर्ष २०८०र०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। आगामी पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।