दुर्गा प्रसाईंद्वारा आन्दोलनको स्वरुप परिवर्तन


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनको स्वरुप परिवर्तन गर्दै मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गर्ने र अभियानलाई विकेन्द्रिकरण गर्दैगरी गाउँगाउँ पुराउने घोषणा गरेको छन् ।

भक्तपुरस्थिति आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले स्थानीय तहदेखि समानान्तर सत्ताको अभ्यास थाल्ने घोषणा समेत गरेका छन् ।

मङ्सिर ७ गते काठमाडौँमा प्रर्दशन गरेका प्रसाईंले फागुन १ गतेदेखि थप आन्दोलन अगाडि बढाउने बताए ।

उनले फागुन १ गते काठमाडाैँकाे वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने जानकारी दिए ।

प्रसाईंले भने, “ फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुनेछ ।”

प्रसाईंले आफ्नो पहिलो चरणको आन्दोलनको सफल भएको समेत दाबी गरे ।