नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले विप्लव र प्रकाण्डसहित उच्च नेताहरू विरुद्ध राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

पक्राउ पुर्जी हुनेमा नेकपाका नेताहरू माइला लामा, राजु कार्की समेत रहेका छन् । उनीहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।