२५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेर २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

विहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने जनाएको छ ।

राष्ट्र बैंकले साँवा तथा ब्याज पुस ५ गते भुक्तानी गर्ने उल्लेख गरेको छ ।

कर्जा प्रवाह नबढेपछि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको थियो. । अधिक तरलता प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएको यो एक उपकरण हो ।

बोलकबोलको आधारमा ब्याजदर निर्धारण गरेर बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ ।