विमानस्थलबाट बरामद भएको १४ किलो सुनबारे छानविन गर्न समिति गठन


काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा रहेका छन् ।

गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ ।