हिमालय क्यापिटलको म्यूचुअल फण्ड नेप्सेमा सूचिकृत


काठमाडौं । हिमालयन क्यापिटलले निष्काशन गरेको म्यूचुअल फण्ड नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । उक्त फण्डको १० करोड इकाई नेप्सेमा आज सूचिकृत भएको हो ।

नेप्सेले फण्डलाई धितोपत्र दोस्रो बजारमा कारोबारको लागि H8020 संकेत प्रदान गरेको छ । योसँगै अब बिहीबार देखि दोस्रो बजारमा यो फण्डको सेयरकारोबार हुनेछ ।

क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको थियो । यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गरेको हो ।