नेप्सेमा झिनो अंकको वृद्धि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमको आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ ।

१४ करोड ६७ लाख ९३ हजार १ सय ५६ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन बोटलर्स नेपाल लिमिटेड(बालाजु)का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
कुल २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५ सय ७० रुपैयाँको कारोबार भएको छ ।