यी हुन आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा आइतबार ११ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । आज यी ११ ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीहरुमा क्रमश बोटलर्स नेपाल लिमिटेड,९बालाजु०,रिडी पावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर लिमिटेड, दोर्दीखोला जलविद्युत कम्पनी, विन्ध्यवासिनी हाइड्रपावर कम्पनी, सगरमाथा जलविद्यु्त् कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट कम्पनी, थ्री स्टार हाइड्रोपावर लिमिटेड र हाथव इनभेष्टमेन्ट नेपाल लिमिटेड रहेका छन् ।

त्यस्तै आजको दिन हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६।७७ प्रतिशतले घटेको छ । त्यस्तै एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था कालिका लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई व्यालेन्स फण्ड, सिद्धार्थ इक्यूटी फण्ड, सनसाइज ब्लूचिप फण्ड, मेघा म्यूचअल फण्ड, बिपी डब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकताले सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
आज नेप्सेमा सबैभन्दा धेरै लघुवित्त तथा म्यूचुअल फण्डको सेयरमूल्य घटेको छ ।