सरकारले तोक्यो गहुँको प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ समर्थन मूल्य


काठमाडौँ । सरकारले २०८०\०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० निर्धारण गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।

मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण वएमएन स्वीकृति गर्ने । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् ।