सरकारले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता पुनरावलोन गर्न कार्यदल गठन गर्ने


काठमाडौँ । सरकारले नेपाल चीन तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न कार्यदल गठन गर्ने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको हो ।