जयशंकरले गरे पशुपतिनाथको दर्शन


काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन दुई दिने भ्रमणका लागि बिहिबार नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन्।

सो क्रममा उनले पशुपतिनाथ परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन्।

बिहिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए।

उनी नेपाल भ्रमण सकेर आज दिउँसो १२ बजे विशेष विमानमार्फत स्वदेश फर्किनेछन् ।