बक्यौता नतिरेका उद्योगमा काटिएको लाइन फेरि जोड्ने प्राधिकरणको निर्णय


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा काटिएको लाइन फेरि जोड्ने भएको छ ।

शुक्रबार (आज) बिहान बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिको बैठकले काटिएका उद्योगको लाइन जोड्ने निर्णय प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विजुलीको लाइन जोड्ने निर्णय गरेको बताए ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाउनुको साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो ।

सरकारले छानबिन आयोग गठन गर्दै उद्योगमा बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले उक्त निर्णय गरेको हो। योसँगै विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको विद्युत आपूर्ति जोडिने भएको छ ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।