आइएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको दोस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले २ अर्ब ८० करोड ८२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.७४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।