काठमाडौँ। नेको इन्स्योरेन्सको १५.२३ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको ६ महिनामा कम्पनीले २२ करोड १२ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा १९ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३३ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी दिएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा कम्पनीको कुल आम्दानी १ अर्ब १५ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल खर्च ६९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २३०.०१ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्