काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त व्यक्त गरेका छन् ।
बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताए।
उनले देश अहिले आक्रान्त रहेकोले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने माग गरे ।
उनले भने , ‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु । एउटा यो देशमा राजश्व संकलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ । त्यसकारण यो समस्यको मुख्य चुरो कुरा के हो रु यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्