रिडी पावर कम्पनीको हकप्रदमा आजदेखि आवेदन खुला


काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलेको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले आजदेखि आफ्ना सेयरधनीलाई ७७ लाख बढि कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०ः५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको हो ।

कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले उक्त हकप्रदमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।