प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरणको जाँचबुझ गर्न बनेको आयोगले पूर्व सभामुख कृष्णबहादुर महरा लगायतलाई पुरक अभियोग लगाउन सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीले आयोगको सिफारिस कार्यान्वयन गर्ने तयारीमा जुटेको छ ।