सुनको मूल्य स्थिर, चाँदी घट्यो


काठमाडौँ । बुधबार नेपाल सुनचाँदी बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे विवरण अनुसार मंगलबार तोलाको एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि आज बुधबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २४ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको १५२० रुपैयाँमा कारोबार भइरहेको छ।