नेपाल जग्गा तथा आवास विकास महासङ्घले बोलायो ‘अत्यावश्यक’ बैठक,तीन विषयमा छलफल हुने



काठमाडौँ । घरजग्गा व्यवसायमा विभिन्न कानुनी तथा नीतिगत समस्या देखिएको भन्दै नेपाल जग्गा तथा आवास विकास महासङ्घले अत्यावश्यक बैठक बोलाएको छ ।

नेपालमा रियल स्टेट व्यवसाय गर्दै आएका व्यवसायीहरूले हाल विभिन्न नीतिगत,कानुनी तथा व्यवसायिक समस्याहरू भोगिरहेको र यसबारे सामूहिक रूपमा छलफल गरि समाधानका उपाय पहिचान गर्न तथा सम्बन्धित निकाय समक्ष आवश्यक पहल गर्न बन्दै महासङ्घले बैठक आज बोलाएको हो । बैठकमा महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घ काठमाडौंका सदस्यहरूलाई बोलाइएको छ ।

बैठकमा महासङ्घ तथा सङ्घका कार्य समितिका पदाधिकारी तथा कार्यकारिणी सदस्य, सल्लाहकार तथा सम्पूर्ण सदस्यहरूको सहभागिता रहने महासङ्घले जनाएको छ ।

रियल स्टेट व्यवसायीहरूले हाल भोगिरहेका प्रमुख समस्या तथा चुनौतीहरू, विद्यामान कानुनी तथा नीतिगत व्यवस्थाबाट व्यवसायमा परेको प्रभाव, व्यवसाय सहजीकरणका लागि सम्बन्धित सरकारी निकाय समक्ष गर्नुपने पहलबारे बैठकमा मुख्य छलफल हुने छ ।

बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने महासङ्घले जनाएको छ ।