उद्योग वाणिज्य महासंघको साधारण सभामा आर्थिक सुधारको प्रतिबद्धता खोजिने


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।

महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबध्ता खोजिने जनाइएको छ ।

यस साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहेका छन् । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी हुने उल्लेख गरिएको छ ।