जीवन बिमा कम्पनीहरूले गरे वैदेशिक रोजगार बिमालेखबाट २ अर्बको व्यवसाय


काठमाडौँ । जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्ष (२०८०\८१) को आठ महिना (साउनदेखि फागुन) सम्म वैदेशिक रोजगार बिमालेखबाट करिब २ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।

नेपाल बिमा प्राधिकरणकाे तथ्यांक अनुसार दश वटा जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वैदेशिक रोजगार बिमालेखबाट १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन् ।

फागुनसम्म वैदेशिक रोजगार बिमालेखाबाट धेरै व्यवासाय गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सन नेपाल लाइफले मात्रै वैदेशिक रोजगार बिमालेखबाट ४९ करोड ८१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले फागुन महिनासम्म ४३ करोड ५३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले २२ करोड ६४ लाख रुपैयाँ बिमाशुल्क रकम आर्जन गरेको छ । यसैगरी एसियन लाइफ इन्स्याेरेन्सले १८ करोड ८५ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्याेरेन्सले १७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै सूर्यज्योति लाइफ इन्स्याेरेन्सले १४ करोड २४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सले १३ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ भने रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले ११ करोड ८४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छ ।सिटिजन लाइफ इन्स्याेरेन्सले ७ करोड ४४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सले १६ लाख ६३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।

फागुनसम्म यी बिमा कम्पनीहरूको कुल सक्रिय बिमालेखको संख्या २० लाख ९ हजार ३ सय ५१ रहेको छ ।