काठमाडौ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले लघु बिमा अभिकर्ताको तीन दिने तालिम संचालन गर्ने भएको छ ।
तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन् ।
यसका लागि इच्छुकले शैक्षिक योग्यताको प्रमाणपत्रहरूकाे प्रतिलिपि, स्थानीय लेखा नम्बरकाे प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो संलग्न गरी कम्पनीको इमेल [email protected] मा वैशाख १२ गतेभित्र पठाउनुपर्ने कम्पनीले जनाएकाे छ ।
तालिम वैशाख १६ गतेदेखि १८ गतेसम्म अनलाइन माध्यमबाट विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिने कम्पनीले जनाएको छ ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले २०८० फागुन २७ गतेबाट व्यवसाय सुरू गरेको थियो।
![](https://taksarnews.com/wp-content/uploads/2024/04/life.jpg)
प्रतिक्रिया दिनुहोस्