काठमाडौँ । सरकारले निःशुल्क स्वास्थ्य बिमा भनि भ्रामक विज्ञापन तथा सूचना प्रसारण गर्नेहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने जानकारी गराएको हो ।
विगत केही समयदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ।
साथै यस्ता गलत तथा भ्रामक सूचनारविज्ञापन प्रसारण गर्नेहरूलाई विद्यमान कानुन अनुसार सम्बन्धित निकाय मार्फत नियमानुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयले जनााएको छ ।
प्रतिक्रिया दिनुहोस्