काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेर प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँका कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० रुपैयाँ तोकिएको छ ।
सोमबार चाँदी पनि तोलाको ३५ रुपैयाँ सस्तिएको छ । महासंघका अनुसार आइतबार तोलाको १७४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ सस्तिएर तोलाको १७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्