आजदेखि बजेट अधिवेशन


काठमाडौँ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरे अनुरुप शुक्रवारदेखि वर्षे अधिवेशन हुँदैछ।

हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ। बजेट अघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने प्रावधान छ ।

नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार दिउँसो २ बजेका लागि आह्वान गरिएको हो ।

नेपाली कांग्रेसले भने वर्षे अधिवेशन पनि अवरुद्ध गर्ने सम्भावना छ। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले यसअघिको हिउँदे अधिवेशन पनि अवरुद्ध गरेको थियो।