नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने बताएका छन् ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८१ ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यापार पूर्वाधार र प्रविधिको विकास उपयोग गरी नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने बताएका हुन् ।

उनले नेपाल व्यापार एकिकृत रणनीति कार्यान्वयन गर्न क्षेत्र गत समन्वय क्षेत्रगत समन्वय र सहकार्यलाई सुदृढ गरिने बताए । व्यापार पूर्वाधार गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ ।