घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरिने


काठमाडौँ । सरकारले घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने नीति लिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर सुनिश्चत गरी नियन्त्रित उत्पादन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए।

सरकारले ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिएको उनले उल्लेख गरे।

हाल सरकारले घरेलु मदिरालाई वैधानिकता दिएको छैन। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले घरेलु मदिरालाई वैधानिकता दिने नीति लिएको छ ।