बीवाईडीको एक्सचेन्ज योजना: जुनसुकै गाडी लगेर नयाँ ईभीसँग साट्न सकिने


काठमाडौँ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ योजना घोषणा गरेको छ । योजनाअन्तर्गत सवारीधनीले आफ्नो गाडी एक्सचेन्ज र अपग्रेड गरी बीवाईडीको विद्युतीय गाडी (ईभी) प्रयोग गर्न सक्नेछन् ।

योजना गत बिहीबारदेखि सुरू भई आइतबारसम्म (मे २३ देखि मे २६ सम्म) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने कम्पनीले जनाएको छ । आफ्नो गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसस्वरुप दुई लाख रुपैयाँसम्म प्राप्त गर्ने साइमेक्स इंकले जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर सोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म एक्सचेन्ज योजना भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले ०१–५९७०७३३, ९८०२३९०३५१ र ९८०२६३९६५१ नम्बरमा कल गरेर थप जानकारी लिनसक्नेछन् ।