युनिलिभरको अधिकृत पुँजी २.१४ अर्ब रुपैयाँ पुग्यो


काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान सेयरहरुमा विभाजित गरेको छ । उक्त सेयरहरु प्रिफरेन्स वा साधारण सेयरहरुमा शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरहरुमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ ।

युनिलिभर नेपालका अनुसार कम्पनीको रजिष्टर्ड कार्यालयले अधिकृत पूँजी वृद्धि गर्ने प्रस्तावलाई स्वीकृती प्रदान गरेको छ ।