काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ५३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५३ अर्ब १९ करोड ६३ लाख ३० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
चैतसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४४ अर्ब ६७ करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् भने विकास बैंकहरुले ४ अर्ब १७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । फाइनान्स कम्पनीहरुले ४१ करोड ५० लाख ५ हजार रुपैयाँ नाफा कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्