काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाका कर्मचारी तथा पदाधिकारीले १८ लाख रुपैयाँको भ्रमण गरेका छन् ।
महालेखा परिक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ ८० को प्रतिवदेन अनुसार कर्मचारी तथा पदाधिकारीलाई कार्यालयको काममा कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च भनेर १८ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
भ्रमणमा खटिएका अधिकांश कर्मचारीहरुले भ्रमणको उदेश्य पालिकाको कामकाज उल्लेख गरेपनि उक्त भ्रमण पालिकाको कामको लागि भएको हो भनि सुनिश्चित नभएको महालेखाले जनाएको छ ।
भ्रमणपछि पनि तोकिए बमोजिम भ्रमण प्रतिवेदन पेश नगरी अधिकांश भ्रमण खर्च भुक्तानी गरिएको छ । पालिकाका कर्मचारी तथा पदाधिकारीले पालिकाभित्रै भ्रमण गरेको भनि खर्च लेख्ने गरेकोले त्यस कार्यलाई नियन्त्रण गर्न र पालिका भित्र अनुगमन गरेको अनुगमन भत्ता लिने गरेकोले उक्त कार्य नियन्त्रण गर्न महालेखाले सुझाव दिएको छ ।
पदाधिकारीले स्पष्ट प्रयोजन र उदेश्य बेगर हुने भम्रण खर्चलाई नियन्त्रण गर्न तोकिएको कानुनी व्यवस्थाको पालना गर्दै भ्रमण खर्चमा मितव्ययीता कायम गर्न भ्रमण आदेश स्वीकृत गर्न ध्यान दिनुपर्ने महालेखाले उल्लेख गरेको छ ।
भ्रमण आदेश स्वीकृत नगरी भुक्तानी
पालिकाले विभिन्न वडामा कार्यरत कर्मचारी तथा पदाधिकारीकाृ भ्रमण आदेश स्वीकृत बेगर भ्रमण खर्च भुक्तानी दिएको छ ।
जिम्मेवार व्यक्तिले सरकारी खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाई, कागजात समावेश रहे नरहेको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे नपुगेको जाँच गर्नुपर्ने हुन्छ ।
तर पालिकाले जाँच नगरी पदाधिकारी र कर्मचारीहरुको भ्रमण आदेश स्वीकृत बेगर भ्रमण खर्च भुक्तानी दिएको रकमबाट १ लाख ४९ हजार ९०० रुपैयाँ असुल गर्न महालेखाले आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्