अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भने पनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए ।

सरकारले तिरिदिनु पर्ने १ हजार १४ रुपैयाँ नछुट्टाइएको भन्दै यसतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरूको आयको सुरक्षा, जीवनको सुरक्षा र सामाजिक सुरक्षा अलपत्र अवस्थामा रहेको बताए ।