मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन


काठमाडाैँ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आज नापी कार्यालय ललितपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसँग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी आज दिँउसो नापी कार्यालय ललितपुरको लगनखेलस्थीत कार्यालय पुगेका थिए ।

कार्यालय प्रमुख, कर्मचारीहरू र सेवाग्राहीसँग छलफल गर्दै मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधिसँग जोड्न, कार्यालयबाट प्रवाह हुने सेवा सुविधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधिभित्र रहेर कार्यसम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनसक्तिको अधिकत्म प्रयोग गर्न निर्देशन दिएका थिए ।