स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानको रकम दिने निर्णय


काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०\८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम प्रदान गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकबाट यस्तो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, “अघिल्लो आर्थिक वर्षमा स्थानीय तहलाई दिने भनेर ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको थियो । त्यसमध्येको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको छ”।