प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमाले दलले गठन गर्न लागेको सरकारलाई संविधान संशोधनमा खेलाची नगर्न अनुरोध गरेका छन् ।

विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “संविधान संशोधन नै गर्ने हो भने आउनुु खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ ।”

“दलित र महिलाको प्रतिनिधित्व अझैँ बढाएर जाऔँ मेरो प्रस्ताव छ,” उनले भने ।