नेप्सेमा झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब माथि


काठमाडौं । केही दिनदेखि लगातार उच्च अंकल बढेको सेयरबजार साताको कारोबारको दोस्रो दिन भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबारको आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This