नेप्सेमा ७५ अंकको उछाल, कारोबार रकम १४ अर्ब माथि


काठमाडौं । पछिल्लो केहिदिन यता सेयरबजारको यात्रा बुलिस ट्रेण्डमा देखिएको छ । साताको कारोबारको तेस्रो दिन नेप्सेमा छलाङ आएसँगै नेप्से परिसुचक २५ सय अंक माथि पुगेको छ ।

नेपाल स्टक एक्सेचन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ अंकमा पुगेको छ । विगत २६ महिना यताकै उच्च अंकमा नेप्से परिसूचक पुगेको हो ।

आजको दिन नेप्सेमा कारोबार भएका सबै उपसमुहहरुमा हरियाली छाएको छ ।

मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ५ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने बाँकी ४ ओटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This