धरौटीमा छुटे निलम्बित मुख्यसचिव अर्याल


काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा.बैकुण्ठ अर्याल धरौटीमा छुटेका छन् । बिशेष अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

भ्रष्टाचार मुद्दाका अभियुक्त अर्याललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा रिहा हुने आदेश गरेको हो।

गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा.अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।