एक वर्षमा लघु निर्जीवन बिमा कम्पनीको व्यापार १९ करोड माथि, कसको कति ?


काठमाडौँ । गत आर्थिक वर्ष २०८०\०८१ मा लघु निर्जीवन बिमकले २९ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणकाे तथ्यांकअनुसार ४ निर्जीवन लघु बिमकले १ वर्षमा १ लाख २७ हजार १८२ वटा बिमालेख जारी गर्दै २९ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्नेमा नेपाल माइक्रो ईन्स्योरेन्स छ । यो कम्पनीले ४९ हजार ४७३ वटा बीमालेख जारी गर्दै १० करोड ३१ लाख ६६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ । जसले ३० हजार ४१० वटा बिमालेख जारी गर्दै ९ करोड ४२ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै स्टार माइक्राेले ३३ हजार ४०७ वटा बिमालेख जारी गर्दै ६ करोड ८७ लाख ९९ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने ट्रस्ट माइक्रोले ३ करोड २७ लाख ५३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले १३ हजार ८९२ वटा बिमालेख जारी गरेको प्राधिकरणकाे तंथ्याकले देखाएकाे छ ।