काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा एनआईसी एशिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको देखिएको हो ।
अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड ४७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ ।
बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आर्थिक वर्षमा घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षमा ०.११ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर १.७४ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ भने वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख ५९ हजार रुपैयाँ रहेको छ ।
बैंककाृे प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ भने प्रतिसेयर नेटवर्थ २०२.२४ रुपैयाँ रहँदा मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ।
गत आर्थिक वर्षमा बैंकले ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्